आज : Tuesday, January 07, 2025 | २०८१ पौष २३ मंगलबार

पूर्व प्रहरी प्रमुख खनालले किन छाडे एमाले ?

समाज खबर संवाददाता |

पोखरा । नेपाल प्रहरीका पूर्व प्रहरी महानिरिक्षक एवम् एमाले नेता सर्बेन्द्र खनालले आज एकाबिहानै आफु स्वतन्त्र भएको घोषणा गरेका छन् । 

आज  सामाजिक संजालमार्फत खनालले पार्टी परित्याग गरी आफू स्वतन्त्र रुपमा रहने जानकारी दिएका हुन् ।

उनले भनेका छन्, ‘हजुरहरु मेरो राजनीतिक स्थितिबारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यमबाट यसलाई स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनैतिक पार्टीसँग आवद्ध छैन। म स्वतन्त्र रुपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको छु। म देश र समाज हितका लागि आफ्नो समय परिस्थिति अनुकुल सधैं सक्दो कार्यहरु गरिरहने छु ।’३० वर्षे सेवा अवधिका कारण अवकाश भएपछि उनी नेकपा एमाले प्रवेश गरेका थिए । त्यसपछि खनाल काठमाडौं क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका थिए । उनी रास्वपाका शिशिर खनालसँग पराजित भए ।पछि तनहुँमा भएको उपनिर्वाचनमा पनि खनालले उम्मेदवारी दिएका थिए । त्यहाँ पनि खनाल पराजित भएका थिए । पछिल्लो समय उनी एमालेका कुनै कार्यक्रम तथा भेलामा सहभागी हुन छाडेका थिए ।

 

प्रतिकृया दिनुहोस