आज : Friday, January 10, 2025 | २०८१ पौष २६ शुक्रबार

संविधान संशोधनको बिषयले गठबन्धनमा तलमाथि हुँदैन : सरकारका प्रवक्ता

समाज खबर संवाददाता |

काठमाडौं । सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङलेसंविधान संशोधनको कुरामाकुनैपनितलमाथिनहुने बताएका छन् । शुक्रबार मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक क्रममा पत्रकारले सोधेको प्रश्नको जवाफदिदैँ उनले काम गर्न बाधा पुर्याइ रहेको ११ वटा कानूनहरु संशोधनमाल्याउने भनेर कानूनविद्हरु रहेको कार्यदल बनाएको भन्दै संविधान संशोधन हुने बताए । उनले भने, ‘कामगर्न बाधा पुर्याइरहेको ११ वटा कानूनहरुको पहिचान गरि संसदमा पेश गर्ने गरेर संशोधनमाल्याउन र त्यसकोतयारीको लागिपनिकानूनविद्हरु रहेको कार्यदल बनाएका छौ । त्यसकारण संविधान संशोधन हुन्छ, गरिन्छ, गर्ने हो । किनभने हाम्रो राजनीतिक सहमतिमा नै यही कुरा थियो । यसमातल माथि गर्ने कुनै पनि कुरा छैन् ।’ यसको साथै, उनले नीतिगत रुपले संविधान संशोधनको विपक्षमानभएको भन्दै त्यसको लागिकार्यदल बनाएर अगाडि बढेको बताए । उनले भने, ‘नीतिगत रुपले हामीसंविधान संशोधनको विपक्षमाहोइन् । अस्तीभर्खर दुई दलको आठ सदस्यउच्च राजनीतिक संयन्त्रले पनिनिर्देशनदिएको छ । संविधान संशोधन गर्न, संघीयता र संविधानकार्यान्वयनको समस्यापहिलाउन, संसदमाअहिलेसम्म भइरहेको १९ वटा विधेयकहरु जुनबाँकी छन् त्यसलाई यहीअधिवेशनबाट पारित गर्नको लागि के के गर्नु पर्छ भनेर कार्यदलहरु गठन भएको छ ।’ २३ पुसमाप्रधानमन्त्री केपीशर्मा ओलीले एमाले केन्द्रीय कमिटी बैठकमा  ‘संसद्को अहिलेको कार्यकालमादुईतिहाइपुगेन भने ०८७ मा संविधान संशोधन हुन्छ,’ भन्ने अभिव्यक्तिदिए । उक्त अभिव्यक्तिपछि विभिन्न टिकाटिप्पणी सुरु भएको छ ।सोहीविषयलाई लिएर मन्त्री गुरुङले स्पष्टिकरण दिनखोजेका हुन् । 

प्रतिकृया दिनुहोस