राजावादीको हिसांत्मक आन्दोलनमा पत्रकार सहित २ जनाको निधन
समाज खबर संवाददाता |

काठमाण्डौं । राजावादीहरुले आज गरेको आन्दोलनका क्रममा एक जना संचारकर्मीको पनि मृत्यु भएको छ ।
समाचार छायाँकनका क्रममा राजावादीहरुले नजिकैको घरमा लगाएको आगलागीमा पनि एभिन्युज टेलिभिजनका सुरेश रजकको निधन भएको हो । टेलिभिजनका अनुसार भिडिओ पत्रकार सुरेश रजकको आगलागीमा परेर मृत्यु भएको हो। उक्त भवनमा आगो लगाइएपछि जलेर ज्यान गुमाएको अवस्थामा रजकको शव भेटिएको हो । तर जलेर मृत्यु भएका उनको शव नचिनिने अवस्थामा भेटिएको छ ।राजावादीहरुले गरेको हिंसात्मक प्रदर्शनका क्रममा अर्का एकजनाको पनि गोली लागेर निधन भएको छ । प्रदर्शनका क्रममा प्रहरीसँग भएको झडपमा कीर्तिपुर नगरपालिका-४ गाम्चा घर भएका २९ वर्षीय सबिन महर्जनले ज्यान गुमाएका हुन् ।
प्रतिकृया दिनुहोस