आज : Monday, March 31, 2025 | २०८१ चैत १८ सोमबार

कुलमान बर्खास्तीको बिरोधमा सडकमा प्रदर्शन

समाज खबर संवाददाता |

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने निर्णयप्रति उनका समर्थकहरुले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकबाट उक्त निर्णय भएपछि आज (मंगलबार) विरोध प्रदर्शन गरेका हुन् ।सरकारले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट मात्रै ४ महिना कार्यकाल बाँकी हुँदा कुलमान घिसिङलाई हटाउने निर्णय गरेको हो ।सामाजिक सञ्जालमा पनि घिसिङलाई बर्खास्त गरेकोमा निकै आक्रोश ब्यक्त भैरहेको छ । 

प्रतिकृया दिनुहोस