सुनको मूल्य अहिलेसम्मकै उच्च, कति पुग्यो तोलाको ?
समाज खबर संवाददाता |

काठमाडौं । साताको पहिलो कारोवार दिन आइतबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । शुक्रबार तोलाको एक लाख ७६ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज छ सय रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य आज तोलाको एक लाख ७६ हजार आठ सय रुपैयाँ पुगेको छ । त्यसैगरी शुक्रबार तोलाको दुई हजार ४० रुपैयाँ पुगेको चाँदी आज १५ रुपैयाँले घटेर तोलाको दुई हजार २५ रुपैयाँमा झरेको छ ।
प्रतिकृया दिनुहोस