आज : Wednesday, April 02, 2025 | २०८१ चैत २० बुधबार

रबीन्द्र , डा धवल सहित ४१ जनालाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति 

समाज खबर संवाददाता |


काठमाडौं । जिल्ला अदालत काठमाण्डौंले. राष्ट्रिय प्रजातन्त्र पार्टी वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, नेता धवलशमशेर राणा सहित ४१ जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ  । प्रहरीले उनीहरुलाई आज जिल्ला अदालतमा पेश गरेको थियो ।न्यायाधीश तारादेवी महर्जनको इजलासले उनीहरूमाथि अनुसन्धान गर्न ५ दिनको म्याद थप  गरेको हो ।  उनीहरूविरुद्ध प्रहरीले संगठित अपराध, राज्यविरुद्धको कसुर र आपराधिक उपद्रको कसुरमा अनुसन्धान गरिरहेको छ । गत शुक्रबार काठमाडौं तिनकुनेमा दुई जनाको ज्यान जानेगरी भएको प्रदर्शनमा उनीहरूको संलग्नता रहेको आरोपमा प्रहरीले शुक्रबार राति नै पक्राउ गरेको थियो । उनीलाई प्रहरीले हत्कडीसहित जिल्ला सरकारी वकिलको कार्यालय पुर्याएको थियो । शुक्रवारनै पक्राउ परेका अधिवक्ता स्वागत नेपाल भने रिहा भएका छन् । राजावादीहरुको हिंसात्मक प्रदर्शनका क्रममा एक जना सञ्चारकर्मी सहित २ जनाको ज्यान गएको थियो भने बिभिन्न ठाँऊमा लुटपाट भएको थियो । 

प्रतिकृया दिनुहोस