प्रतिनिधिसभामा विपक्षीको निरन्तर अवरोध, बैठक भोलिसम्मका लागि स्थगित
समाज खबर संवाददाता |
काठमाडौं । विपक्षी दलहरुले प्रतिनिधिसभा बैठकमा कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक पदबाट हटाइएको भन्दै विरोध गरेका छन् । बुधबार बसेको बैठकमा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेतले घिसिङको बर्खास्तीबारे प्रधानमन्त्रीले जबाफ नदिएसम्म संसद् चल्न नदिने बताए । उनले सरकारले कुलमान घिसिङलाई हटाएको विषयमा आपत्ति जनाउँदै सरकारको जवाफ मागे । कुलमानलाई हटाईएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा जवाफ नदिएसम्म सदन चल्न नदिने घोषणा गर्दै बस्नेतले आफ्नो अभिव्यक्ति टुँग्याएका थिए । त्यसपछि विपक्षी दलका सांसदहरूले आसनबाट उठेर विरोध जनाएका थिए । सभामुखले निरन्तर बसेर बैठक सुचारु गर्न आब्हान गरेपनि विपक्षी सांसदहरुले मानेनन् । त्यसपछि बैठक आधा घण्टाका लागि स्थगित भएको थियो । त्यसपछि पनि दलहरुबीच सहमति हुन नसकेपछि बैठक भोलि सम्मका लागि स्थगित भएको छ ।
प्रतिकृया दिनुहोस