राजावादीहरुको आन्दोलन हिंसात्मक, तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी (सूचना सहित)
समाज खबर संवाददाता |

काठमाण्डौं । राजावादीहरुको आन्दोलन हिंसात्मक बनेपछि राजधानीको तीनकुने क्षेत्रमा कफ्र्यु आदेश जारी भएको छ । कर्फ्यु आदेश जारी गर्नुअघि प्रहरीले माइकिङ गरेको थियो । भीड नियन्त्रण गर्ने क्रममा प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको थियो । आन्दोलनकारीले बिभिन्न संचारगृह एव सरकारी सवारी साधनमा आगजनी गरेका छन् । सृरक्षाकर्मीलाई स्थिति नियन्त्रणमा लिन हम्मे ह म्मे परेको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कर्फ्यु आदेश जारी गरेको हो ।
प्रतिकृया दिनुहोस