आज : Monday, March 31, 2025 | २०८१ चैत १८ सोमबार

कुलमान बर्खास्त, प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्य

समाज खबर संवाददाता |

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेको छ ।सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको हो । घिसिङलाई २०७८ साउन २५ को मन्त्रिपरिषद बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो।उनी २०८२ साउन २४ सम्मका लागि नियुक्त भएका थिए । यसअघि सरकारले उनलाई पटक पटक स्पष्टीकरण सोधेको थियो ।यसैबीच सरकारले प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ । 

प्रतिकृया दिनुहोस