बिपिन जोशीको रिहाइका लागि पहल गरिदिन सरकारले गर्यो इजरायलसंग आग्रह
समाज खबर संवाददाता |
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासमार्फत् इजरायल सरकारसँग हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि आग्रह गरेकी छन् । परराष्ट्रमन्त्री डा. राणासँग आज मन्त्रालयमा शिष्टाचार भेटका क्रममा राजदूत बाससँग उनले नेपाली विद्यार्थी विपिनको अवस्थाका बारेमा जानकारी लिँदै हमासको नियन्त्रणबाट मुक्त गराउन पहल गर्न इजरायल सरकारसँग आग्रह गरेकी हुन् । हमास समूहले अपहरण गरी लगेकामध्ये ३४ जनालाई रिहा गर्न लागेको भन्ने सूचना आइरहेकाले यस विषयमा मन्त्री डा. राणाले इजरायली राजदूतसँग जानकारी लिएकी थिइन् । हमास समूहले आफ्नो नियन्त्रणमा रहेकामध्ये ३४ जनालाई अपहरण मुक्त गर्न लागेका भन्ने समाचार आएकाले जोशीको रिहाइलाई विशेष प्राथमिकतामा राख्न मन्त्री डा.राणाले राजदूत बासमार्फत् इजरायल सरकारलाई आग्रह गरेकी हुन् ।
प्रतिकृया दिनुहोस