आज : Friday, October 18, 2024 | २०८१ कार्तिक २ शुक्रबार

सरकार पूर्ण असफल : विपक्षी दल, रवि पक्राउबारे ओलीले संकेत गरेको प्रचण्डको ब्रिफिङ

समाज खबर संवाददाता |

काठमाण्डौं । नेकपा माओवादी केन्द्र लगायतका विपक्षी दलले सरकार पूर्ण रुपमा असफल भएको निष्कर्ष निकालेका छन् । 
 माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पहलमा भएको बैठकमा सहभागि दलहरुले यस्तो निष्कर्ष निकालेका हुन् । बैठकमा प्राकृतिक बिपत्ति, सरकारको तीन महिना लगायतका बिषयमा छलफल भएको थियो । बैठकमा सरकार गम्भीर नभए बिशेष अधिवेशन बोलाउने बिषयमा पनि छलफल भएको थियो । यस्तै बैठकमा माओवादी अध्यक्ष प्रचण्डले तीन दलका शीर्ष नेताको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगी प्रकरणमा रास्वपा सभापति  एव पूर्व गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्ने संकेत गरेको पनि जानकारी दिएका थिए । 
 बैठकमा सत्तारुढ दल लोसपाका अध्यक्ष महन्थ ठाकुर पनि सहभागि थिए । 

प्रतिकृया दिनुहोस