आज : Friday, October 18, 2024 | २०८१ कार्तिक २ शुक्रबार

गाउँ गएकाहरु काठमाडौं फर्किनेक्रम शुरु

समाज खबर संवाददाता |


काठमाडौं । २०८१ सालको वडादशैंको सार्वजनिक विदा सकिएसँगै गाउँ गएकाहरु काठमाडौं फर्किनेक्रम शुरु भएको छ ।
पूर्वी नेपाललाई जोड्ने वीपी राजमार्ग र अरनिको राजमार्ग भएर काठमाडौं उत्रिनेहरुको भीड मंगलबार कोटेश्वरमा देखिएको छ ।
बाढी र पहिरोबाट क्षतिग्रस्त बीपी राजमार्गमा मंगलबारबाट यसअघिजस्तै सवारी आवागमन खुल्ला गरिएपछि काठमाडौं आउनेहरुको चाप बढेको छ । अरनिको राजमार्ग पनि सहज भएको छ । 
मंगलबारदेखि बडादशैंका लागि भनेर दिइएको पाँच दिनको सार्वजनिक बिदा सकिएसँगै काठमाडौं जोडने कलंकी र कोटेश्वरमा यात्रुहरुको चाप देखिएको हो । कोटेश्वर र जडिवुटी क्षेत्रमा सवारी जाम समेत सुरु भएको छ ।
पछिल्लो २४ घण्टामा ४८ हजार छ सय जना यात्रुहरु काठमाडौं उपत्यका भित्रिएको ट्राफिक प्रहरी कार्यालयले तथ्यांक छ ।
 

प्रतिकृया दिनुहोस