आज : Friday, October 18, 2024 | २०८१ कार्तिक २ शुक्रबार

डेंगी सङ्क्रमितको संख्या १९ हजार नाघ्यो,नौ जनाको मृत्यु

समाज खबर संवाददाता |

काठमाडौं । देशभर डेंगी सङ्क्रमण तीव्ररुपमा फैलिरहेको छ । सङ्क्रमणबाट हालसम्म नौ जनाले ज्यानगुमाइसकेका छन् ।
ईपिडिमियोलोजीतथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को पछिल्लो तथ्याङ्कअनुसार डेंगी सङ्क्रमितको सङ्ख्या १९ हजार पाँच ९९ पुगेको छ । 
डेंगी सङ्क्रमण मुलुकका७६ जिल्लासम्म फैलिएको महाशाखाले जनाएको छ । काठमाडौँमा डेंगी सङ्क्रमणबाट हालसम्मतीनहजार एक सय तीनजनाप्रभावित बनेका छन् ।
यस्तै कास्कीमादुई हजार आठ सय ४७जनामा डेंगी सङ्क्रमण देखिएको छ भने तनहुँमादुई हजार एक सय सात, पर्वतमा एक हजार पाँच सय ६२, चितवनमा नौ सय ७१, ललितपुरमा आठ सय २७, गोरखामा ५ सय ८८, बाग्लुङमा छ सय १०, भक्तपुरमा तीन सय ५५ तथा स्याङ्जामातीन सय ३५ जनामा डेंगी सङ्क्रमण पुष्टि भइसकेको महाशाखाले जनाएको छ ।
विसं २०८० को पुस मसान्तसम्म देशभर झण्डै ५२ हजारभन्दा बढीमा डेंगी सङ्क्रमण पुष्टि भएकामा २० जनाको मृत्यु भएको थियो ।
डेंगी एडिस एजिप्टाई जातको पोथीलामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य रोग हो ।
लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानीवा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने, पानीको ट्याङ्की पूरै खाली गरेर सफा गरिरहने, सुत्ने बेलाझुलको प्रयोग गर्न चिकित्सकहरुले सुझावदिने गरेका छन् ।

प्रतिकृया दिनुहोस