आज : Friday, October 18, 2024 | २०८१ कार्तिक २ शुक्रबार

सुनको भाउ हालसम्मकै उच्च, कति पुग्यो तोलाको ? 

समाज खबर संवाददाता |

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएका छ । शुक्रबार एकै दिन प्रतितोला २ हजार रुपैयाँ मूल्य बढेपछि नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६४ हजार ४ सय रुपैयाँ तोकेको छ । यसअघि बिहीबार  १ लाख  ६२ हजार ४ सय रूपैयाँ कायम भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि ३० रूपैयाँले बढेको छ । बिहीबार तोलामा १ हजार ९ सय ५० रूपैयाँमा कारोवार भएको चाँदी आज ३० रूपैयाँले  बढेर १९ सय ८० रूपैयाँमा कारोवार भैइरहेको छ । 

प्रतिकृया दिनुहोस