आज : Friday, October 18, 2024 | २०८१ कार्तिक २ शुक्रबार

नेपालले अमेरिकालाई १७ रनले हरायो 

समाज खबर संवाददाता |

काठमाडौं । नेपालले अमेरिकालाई १७ रनले हराएको छ  । टी–२० सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई १सय ६५ रनको लक्ष्य दिएकोमा  अमेरिकाले मात्र  १ सय ४७ बनाउन सक्यो ।नेपालका दीपेन्द्र सिंह ऐरीले  तीन बिकेट लिएका थिए । करण केसी, रिजन ढकाल र गुल्सन झाले एक एक बिकेट लिए ।  अमेरिकाका लागि शायन जहाँगीर ६० रनको अर्धशतकीय इनिङ खेले पनि जितका लागि पर्याप्त हुन सकेन । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाउदै १६४ रन बनाएको हो ।नेपालका लागि कप्तान रोहित पौडेलले सर्बाधिक ४९ रन बनाएका थिए ।त्यस्तै दिपेन्द्र सिंह ऐरीले २८, अनिल शाह र आसिफ सेखले २७÷२७ रन बनाएका थिए । त्यस्तै गुलशन झाले ११ र कुशल भुर्तेलले १० रन बनाएका थिए ।त्यसैगरी अमेरिकाका बलर सौरभ नेत्राभल्कर जसदीप सिंह र हर्मित सिंहले २÷२ विकेट लिए भने अली खान र नोसथुश केंजिगेले एक एक विकेट लिएका थिए ।दुई देशबीचको दोस्रो खेल आइतवार बिहान रहेको छ ।

प्रतिकृया दिनुहोस