आज : Friday, October 18, 2024 | २०८१ कार्तिक २ शुक्रबार

हिन्दु राष्ट्र घोषणाको माग गर्दै माइतीघरमा धर्ना

समाज खबर संवाददाता |

काठमाडौं । राष्ट्रवादीहरूको साझा संगठन नेपाल र अनवरत तत्पर फौज (एटिएफ)ले वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्न माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिएका छन् । 
राष्ट्रवादीहरूको साझा संगठनले वैशाख ६ गतेदेखि र एटिएफले असोज २८ गतेदेखि प्रत्येक दिन धर्ना दिँदै आएकोमा असोज २९ गतेदेखि संयुक्त रुपमा धर्ना दिँदै आएका छन् ।उनीहरुले संवैधानिक राजसंस्था स्थापनाको माग समेत गरका छन् । 

प्रतिकृया दिनुहोस