आज : Friday, October 18, 2024 | २०८१ कार्तिक २ शुक्रबार

सुनको मूल्यले कायम गर्यो नयाँ रेकर्ड, तोलाको १ लाख ६२ हजार नाघ्यो

समाज खबर संवाददाता |

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य ६ सय रुपैयाँले बढेको छ । 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीबार) छापावाल सुनको मूल्य ६ सय रुपैयाँले बढेर  तोलामा १ लाख ६२ हजार ४ सय रूपैयाँ कायम भएको हो । यो अलिहेसम्मकै सर्वाधिक महँगो मूल्य हो। हिजोको मूल्यमा थप ६ सय रुपैयाँ बढेर आज सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको हो।
बुधबार सुनको मूल्यतोलामा १ लाख ६१ हजार ८ सय रुपैयाँ कायम भएको थियो। यस्तै आजचाँदीको मूल्यभने स्थिर रहेको छ । 
बुधबार तोलामा १ हजार ९ सय ५० रूपैयाँमा कारोवार भएको चाँदीआजपनि सोहीमूल्यमा कारोवार  भैइरहेको  छ ।
 

प्रतिकृया दिनुहोस