सहकारी पीडितहरू आए सडकमा
समाज खबर संवाददाता |
काठमाडौं । सरकारले आफूहरूसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै सहकारी पीडितहरू सडक आन्दोलनमा उत्रिएका छन् ।
आइतबार काठमाडौंको रत्नपार्क क्षेत्रबाट सुरु गरी माइतीघर मण्डला सम्म सहकारी पीडितहरूले यसअघिभएको सम्झौता कार्यान्वयन गरी सहकारीमा बचत गरिएको रकमफिर्ताको मागगर्दै प्रदर्शन गरेका हुन् । उनीहरु रत्नपार्कबाटजुलुस निकालेर न्युरोड सुन्धारा परिक्रमा गर्न खाजिरहेको बेला भद्रकाली नजिकै प्रहरीले रोकेको थियो
सरकारले विगतमा गरेको सहमति कार्यान्वयन गर्ने सन्दर्भमा कुनै चासो नदेखाएकाले आन्दोलनमा उत्रिनु परेको पीडितहरुको गुनासो छ ।
प्रतिकृया दिनुहोस