आज : Friday, October 18, 2024 | २०८१ कार्तिक २ शुक्रबार

युएईसंग नेपाल ६ विकेटले बिजयी

समाज खबर संवाददाता |

काठमाडौं। ओपनर सम्झना खड्काले अविजित रहँदै अर्धशतक प्रहार गरेपछि नेपालले एसिसी महिला प्रिमियर कपमा ऐतिहासिक जित हासिल गरेको छ।

शुक्रबार सम्पन खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गरेको हो। यसअघि सन् २०१२ र २०१६ को एसिया कपमा सहभागिता जनाएपनि नेपाल जितविहीन थियो। योसँगै नेपालले त्यो तथ्य फेरर जित दर्ता गरेको छ। युएईले दिएको ११६ रनको लक्ष्य पछ्याएको नेपालले १६.१ ओभरमा चार विकेट गुमाउँदै ११८ रन बनायो। 

सम्झनाले सर्वाधिक ७२ रन बनाइन्। ४५ बल खेलेकी उनले ११ चौका प्रहार गरिन्।  रुविना क्षेत्री १० रनमा आउट हुँदा पुजा महतो सात रनमा अविजित रहिन्।युएईका कविशा इगोडागो सर्वाधिक तीन विकेट लिइन्। चार ओभर बलिङ गरेकी उनले एक मेडनसहित १२ रन खर्चिइन्। यस्तै, लावन्या केनीको नाममा एक विकेट रह्यो।त्यसअघि रंगिरि डम्बुला अन्तर्राष्ट्रिय रंगशाला टस हारेर पहिला ब्याटिङ थालेको युएईले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ११५ रन बनाएको थियो। युएईका खुसी शर्माले सर्वाधिक ३६ रन बनाइन्। ३९ बल खेलेकी उनले दुई चौका प्रहार गरिन्। रिथिका राजित ६ र लावन्या केनी २ रनमा अविजित रहिन्।

प्रतिकृया दिनुहोस