आज : Friday, October 18, 2024 | २०८१ कार्तिक २ शुक्रबार

स्पेनले जित्यो युरो कपको उपाधि

समाज खबर संवाददाता |

काठमाडौं । स्पेनले युरो कपको उपाधि जितेको छ । आइतबार राति भएको फाइनल खेलमा स्पेनले इङल्याण्डलाई २–१ गोल अन्तरले हराउँदै उपाधि जितेको हो ।

स्पेनको जितमा निको विलियम्स र मिकेल ओयारजाबालले एक एक गोल गरेका थिए । विलियम्सले खेलको ४७औ मिनेट र मिकेलले ८६औँ मिनेटमा गोल गरेका थिए ।

 

त्यस्तै इङल्याण्डका लागि एक गोल कोल पाल्मरले खेलको ७३औं मिनेटमा गोल गरेका थिए ।स्पेनले पहिलोपल्ट सन् १९६४ मा युरो कप जितेको थियो। त्यसपछि स्पेन तीन सिजन छनोट हुन सकेन। १९८४ मा फाइनलमा पराजित भएको स्पेनले दोस्रो उपाधि जित्न २४ वर्ष कुर्न परेको थियो।

प्रतिकृया दिनुहोस