स्कटल्याण्डमाथि नेपालको रोमान्चक एक विकेटको जित
समाज खबर संवाददाता |

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय सिरिजमा स्कटल्याण्ड बिरुद्ध नेपालले रोमान्चक जित निकालेको छ । करण केसीको विष्फोटक ब्याटिङमा नेपालले स्कटल्याण्डलाई एक विकेटले हराएको हो ।२९७ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । नेपालको जितमा आठौं नम्बरमा ब्याटिङ गर्न आएका करण केसीले सानदार अर्धशतक प्रहार गरे । ४१ बलको सामना गरेका करणले तीन चौका र चार छक्कासहित ६५ रन बनाए ।ओपनर कुशल भुर्तेलले अर्धशतकिय पारि खेलेका थिए । यस अघि नेपाललाई स्कटल्यान्डले सोमबार २९७ रनको विशाल लक्ष्य दिएको थियो घरेलु टोलीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २९६ रन बनाएको हो। स्कटल्यान्डका चार्ली टियरले सर्वाधिक ८० रन बनाए। ७२ बल खेलेका उनले १२ चौका र एक छक्का प्रहार गरे।फिनले म्याकक्रियाथले ६७ बलमा तीन चौका र एक छक्कासहित ५५ रन बनाए। कप्तान रिची बेरिङ्टन ४०, माथ्य्यू क्रस ३९, ब्रान्डन म्याकमुलन १९, माइकल लिस्क १८ र जर्ज मुन्से १२ रनमा आउट हुँदा मार्क वाट १० रनमा अविजित रहे। नेपालका रिजन ढकाल, करण केसी र सोमपाल कामीले समान दुई विकेट लिए। सन्दीप लामिछानेको नाममा एक विकेट रह्यो।
प्रतिकृया दिनुहोस