आज : Tuesday, July 15, 2025 | २०८२ असार ३१ मंगलबार

बीमा प्राधिकरणका अध्यक्ष ओझामाथि छानबिन समिति गठन, ओझा स्वत: निलम्बनमा

समाज खबर संवाददाता |

काठमाडौँ । सरकारले नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन गर्न समिति गठन गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले अध्यक्ष ओझाको योग्यताबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको हो ।उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा गठित समितिको सदस्यमा बीमा विज्ञ कपिल ओली र जीवनप्रकाश सिटौला  रहेका छन् ।सरकारले गत फागुन १२ गते ओझालाई प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो । उनले अध्यक्ष हुन पेस गरेका कागजातमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको छ ।छानबिन समिति गठन भएसंगै उनी स्वत निलम्बनमा परेका छन् । 

प्रतिकृया दिनुहोस