सिरहा कल्याणपुरका मेयर १ लाख घुस सहित पक्राउ
समाज खबर संवाददाता |

सिरहा । सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले बुधबार दिउँसो मेयर साहलाई एक लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो ।
मेयर साहले नगरपालिकामा २० लाख बजेटमा निर्माण भएको नालाका लागि उपभोक्ता समितिसँग २० प्रतिशत कमिसन मागेका थिए । तर, उपभोक्ता समितिले रकम दिन नसकेपछि मेयर साहले योजनाको चेक दिन मानेका थिएनन् ।
चेक लिनुअघि कम्तीमा १ लाख रुपैयाँ दिन भनेपछि अख्तियारमा उजुरी परेको थियो ।
प्रतिकृया दिनुहोस