राजीनामा दिंदै मन्त्री गुप्ताले भने :कहिलेकाँहि नखाएको बिष पनि लाग्दो रहेछ
समाज खबर संवाददाता |

काठमाडौं । घुस लेनदेनसम्बन्धी अडिओ प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रधानमन्त्री केपी ओली समक्ष राजीनामा दिएका छन् । आफूमाथि लागेका आरोप अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनी राजीनामा दिएको उनले बताएका छन् राजीनामापछि फेसबुकमा स्टाटस लेख्दै उनले ‘प्रविधिको उच्चतम प्रयोग’ को शिकार भएको जिकिरसहित अरु कोही नबनुन् भनेका छन् ।
प्रतिकृया दिनुहोस