आज : Thursday, May 08, 2025 | २०८२ बैशाख २५ बिहीबार

शिक्षामन्त्री पन्तले लिए शपथ

समाज खबर संवाददाता |

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले शपथ लिएका छन् । बिहीबार राष्ट्रपति निवास शीतलनिवासमा आयोजित समारोहमा मन्त्री पन्तले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएका हुन् ।प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले बुधबार पन्तलाई शिक्षा मन्त्री नियुक्त गरेका थिए । विद्या भट्टराईले शिक्षा मन्त्रीबाट राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।नव नियुक्त मन्त्री पन्तसामु जारी शिक्षक आन्दोलन ब्यवस्थापन गर्ने मु्ख्य चुनौती छ । 
 यस अघि पनि श्रम मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका पन्त एमालेका समानुपातिक सांसद हुन् । 
उनी पत्रकारिता पृष्ठभूमिबाट राजनीतिमा आएका हुन् । 

प्रतिकृया दिनुहोस