आज : Wednesday, May 21, 2025 | २०८२ जेठ ८ बुधबार

कश्मिरमा भएको आतंककारी हमलाविरुद्ध जनकपुरमा प्रर्दशन

समाज खबर संवाददाता |

जनकपुर । जनकपुरधाममा हिन्दूवादी अगुवाहरुले प्रर्दशन गरेका छन् । आमा, बहिनी र ज्वाँइ सहित घुम्न गएका बुटवल कालिकानगरका सुदिप न्यौपाने सहित २६ जनाको आतंकवादी आक्रमणमा मृत्यु भएको थियो । भारत प्रशासित जम्मू कश्मीरमा बन्दुकधारीहरूले पर्यटकहरूमाथि गोली चलाउँदा एक नेपाली नागरिकसहित कम्तीमा २६ जनाको मृत्यु थियो। 'भारतको स्विट्जरल्यान्ड' भनेर चिनिने कश्मीरस्थित लोकप्रिय पर्यटकीय स्थल पहलगाममा मङ्गलवार त्यहाँ घुम्न गएका पर्यटकहरूलाई निसाना बनाएर आक्रमण गरिएको थियो।उक्त आतंकवादी हमलाको बिश्वस्तरबाट निन्दा भैरहेको छ । घटनामा मारिएका सु्दिपको शव नेपालस्थित घर ल्याइएको छ । 

प्रतिकृया दिनुहोस