आज : Wednesday, March 12, 2025 | २०८१ फाल्गुण २८ बुधबार

फागुन ७ नेपाली जनताको सर्वाधिक महत्वको दिन :ओली

समाज खबर संवाददाता |

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवस अर्थात फागुन ७ ले मुलुकलाई सबै हिसावले स्वतन्त्र र सार्वभौम बनाउन दृढ संघर्ष अघि बढाएको बताएका छन् । प्रजातन्त्र दिवसको अवसरमा टुंडिखेलमा आयोजित विशेष समारोहमा बोल्दै उनले फागुन ७ गते आजको दिन हामी नेपालीको जीवनमा सर्वाधिक महत्वको दिन भएको बताएका हुन् । उनले भने, ‘समग्रमा फागुन ७ ले मुलुकलाई सबै हिसावले स्वतन्त्र र सार्वभौम बनाउने दृढ संघर्ष अघि बढायो । यसरी हामी फागुन ७ लाई प्रजातन्त्र दिवसको रुपमा मनाउँछौं । शहीदहरुको महान त्यागलाई सम्झन्छौं । नयाँ पुस्तालाई, उनीहरुको उज्ज्वल भविष्यको लागि, पुर्खाले भोगेको हण्डर, ठक्कर तथा बलिदान र समर्पणको महान–गाथा स्मरण गराउँछौं । फागुन ७ गते ! आजको दिन– हामी नेपालीको जीवनमा सर्वाधिक महत्वको दिन हो, बलिदानपूर्ण संघर्षद्वारा आफूलाई रैतीबाट जनताको दर्जामा पु¥याएको दिन हो ।’ साथै, उनले फागुन ७ गतेले हाम्रो, खेर गएको सिङ्गो शताव्दीको स्मरण समेत गराएको बताए । उनले सत्य÷तथ्य बोल्नेको जिब्रो थुतेर पातमा राखिएको, आँखा फोरिएको र नव प्रवर्तनमा लाग्नेहरुको जात काडिएको जस्ता पिडादायी घटनाहरुको याद यो दिनले गराउने गरेको बताए । साथै, उनले जहानियाँ राणा तन्त्रको विरुद्ध आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठसहित सम्पूर्ण अमर शहीदहरुप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गरे । उनले हाम्रो भविष्यका रुपमा उदाउँदै गरेको भोलिको पुस्ताले यो दिन, बिर्सनै नमिल्ने दिन समेत भएको बताए ।

प्रतिकृया दिनुहोस