आज : Wednesday, February 19, 2025 | २०८१ फाल्गुण ७ बुधबार

आजदेखि देशैभरी पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियान सुरु

समाज खबर संवाददाता |

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि देशैभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपिभी खोप’ अभिायन सुरु गरेको छ । फेब्रुअरी ४ अर्थात् विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर मन्त्रालयले आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपिभी खोप’ अभियान सुरु गरेको हो । विद्यालय केन्द्रित यो खोप अभियान आज देखि फागुन ६ गतेसम्म देशैभर सञ्चालन गरिएको हो ।  नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखिमबाट जोगाउने उद्देश्यले मुलुकभर एपिभी खोप अभियान सञ्चालन गर्न लागिएको हो । अभियान अन्तर्गत देशभरका करिब १७ लाख किशोरीलाई खोप दिइने छ ।  विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप दिइनेछ ।  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले देशभरि तोकिएको उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप दिन लागिएको बताए ।  खोप अभियानमा १८ हजार नौ सय विद्यालयका खोप केन्द्र र आठ हजार दुई सय अन्य खोप केन्द्र रहने र २७ हजार ८० स्वास्थ्यकर्मी परिचालन हुनेछन् ।

प्रतिकृया दिनुहोस