आज : Thursday, January 16, 2025 | २०८१ माघ ३ बिहीबार

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईदै

समाज खबर संवाददाता |

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०३औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज  मनाईदै छ ।   गोरखाका राजा नरभूपाल शाह र रानी कौशल्यवतीका जेठा छोराका रूपमा विसं १७७१ पुस २७ गते जन्मीएका पृथ्वीनारायण शाहाले टुक्रिएर रहेका बाइसे चौबिसे राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गर्नुभएको इतिहासमा उल्लेख छ।सोही अवसरमा प्रमुख प्रशासनिक भवन सिंहदरबार पश्चिम मूलद्वारस्थित राष्ट्रनिर्माताको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरिइँदैछ । विसं १७७९ मा जन्मिएका शाहले २० वर्षको उमेरमा गद्दी आरोहण गर्दै तत्कालीन आन्तरिक तथा बाह्यशक्तिलाई पराजित गरेर एकीकरण अभियान सञ्चालन गरेको थिए ।यसै अबसरमा राप्रपा र राप्रपा नेपालले छुट छुट्टै रुपमा चियापान कार्यक्रम आयोजना गरेका छन् । 

 

प्रतिकृया दिनुहोस