तिब्बतमा भूकम्पका कारण मृत्यु हुनेको संख्या १ सय २६ पुग्यो,बिजुली, पानी आपूर्ति बन्द
समाज खबर संवाददाता |
एजेन्सी । चीनको दक्षिण पश्चिमी सिजाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा मङ्गलबार बिहान गएको सात म्याग्निच्यूडको भुकम्पमा परेर मृत्यु हुने मानिसको संख्या १२६ पुगेको छ । भुकम्पमा परेर अन्य १८८ जना घाइते भएका छन् । करिव ३ हजार घरमा क्षति पुगेको छ । भूकम्प गएपछि तिब्बतको शिगात्से शहरमा सयौँ भवनहरू भत्किएका छन् । सो क्षेत्रमा विद्युत् र जल वितरण प्रणाली अवरुद्ध भएको छ ।
भूकम्प प्रभावित क्षेत्रमा तीन हजार चार सय भन्दा बढी उद्धारकर्ता र तीन सय ४० भन्दा बढी स्वास्थ्यकर्मी पठाइएको बी.बी.सी. ले जनाएको छ । चिनियाँ सेनाले उद्धार प्रयास शुुरु गरेको र मानव रहित ड्रोनलाई सगरमाथा नजिकै अवस्थित दुर्गम क्षेत्रमा परिचालित गरेको जनाएको छ ।
प्रतिकृया दिनुहोस