आज : Saturday, January 04, 2025 | २०८१ पौष २० शनिबार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो ( हेर्नुस् बिज्ञप्ति)

समाज खबर संवाददाता |

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम संचालक समितिको बैठकले मंगलबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ र डिजेलको मूल्य दुई रुपैयाँ बढाएको हो ।अब पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १६०.५०, दोस्रोमा १६२ र तेस्रोमा १६३ रुपैयाँ भएको छ भने डिजेल पहिलो वर्गमा १५०, दोस्रोमा १५२ र तेस्रोमा १५३ रुपैयाँ भएको छ ।त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १२६ रुपैयाँ र अन्तरार्ष्ट्रियतर्फ प्रतिकिलोलिटर काठमाडौंमा ९६०, पोखरामा ७९३ र भैरहवामा ७७८ डलर रहेको निगमले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस