आज : Monday, December 02, 2024 | २०८१ मङ्सिर १७ सोमबार

अमेरिकी निर्वाचन : कमला ह्यारिसलाई पराजित गर्दै ट्रम्प बने नयाँ राष्ट्रपति

समाज खबर संवाददाता |

काठमाण्डौं ।  कमला ह्यारिसलाई पराजित गर्दै डोनाल्ड ट्रम्प बने नयाँ राष्ट्रपति बनेका छन् । जित निश्चित भएपछि उनले समर्थकहरुलार्ई सम्बोधन गरेका थिए । जितका लागि आवश्यक २७० 'इलेक्टोरल कलेज मत' कटाएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । ट्रम्प अमेरिकाका ४७ औं राष्ट्रपति बनेका हुन् । उनी यस अघि पनि अमेरिकाको राष्ट्रपति बनेका थिए । जितपछि सम्बोधन गर्दैै ट्रम्ले अमेरिकालाई अझै महान बनाउने उद्घोष पनि गरे । चुनावी नतिजाको औपचारिक घोषणा भने भएको छैन । ट्रम्प सन् २०१६ मा पहिलोपटक राष्ट्रपति चुनिएका थिए । सन् २०२० को निर्वाचनमा पनि उनले प्रतिस्पर्धा गरेका थिए । तर उनी डेमोक्रेटिक उम्मेदवार जो बाइडनसँग पराजित भएका थिए ।

प्रतिकृया दिनुहोस