आज : Thursday, January 02, 2025 | २०८१ पौष १८ बिहीबार

आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै 

समाज खबर संवाददाता |

काठमाडौं । आइसीसी विश्वकपलिग टू अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय क्रिकेटमा नेपालले आज अमेरिकासँग खेल्दै छ ।
नेपाली टोली क्यानडामा भएको त्रिकोणात्मक एक दिवसीय क्रिकेट खेलेर सिधै अमेरिका गएको हो । नेपालले यो सिरिजमा अमेरिकासहित स्कटल्याण्डसँग पनि खेल्ने छ । नेपाल र अमेरिकाबीचको खेल डलास, टेक्सासको ग्राण्ड प्रेयरी स्टेडियममा नेपाली समयअनुसार राति सवा ९ बजे सुरु हुनेछ । 
त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले अमेरिकासँगदुई खेल र स्कटल्याण्डसँग दुई खेल खेल्नेछ। नेपालले दोस्रो खेल मंगलबार स्कटल्याण्डसँग खेल्नेछ । 
नेपालले हालसम्म आठ खेल खेल्दा एक मात्र खेलमाजित हातपारेको छ र जम्मा तीनअंक बटुल्न सफलभएको छ । 
आईसीसी वल्ड कपलिग–टू मा नेपालसहित क्यानडा, अमेरिका, नेदरल्यान्ड्स, स्कटल्याण्ड, नामिबिया, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) सहभागी छन् । नेपालहाललिग–२ अंकतालिकामा सातौँ स्थानमा रहेको छ । 
क्यानडा अंकतालिकाको शीर्ष स्थानमा रहेको छ भने अमेरिका दोस्रो स्थानमा भने स्कटल्याण्ड चौथो स्थानमा रहेको छ ।
क्रिकेट संघ नेपाल (क्यान) ले यो सिरिजका लागि नियमित कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा १५ सदस्यीय टिमको घोषणा गरेको छ ।
टीममा अनिल साह, कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, दिपेन्द्र सिंह ऐरी, अर्जुन साउद, आरिफ शेख, कुशल मल्ल, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी, ललित नारायण राजवंशी, गुलसन झा र रिजान ढकाल रहेका छन् ।  

प्रतिकृया दिनुहोस