आज : Tuesday, October 22, 2024 | २०८१ कार्तिक ६ मंगलबार

माओवादी केन्द्रले कार्तिक १० गते काठमाडौंमा जनप्रदर्शन गर्ने

समाज खबर संवाददाता |

काठमाडौं । नेकपा(माओवादी केन्द्र)ले कार्तिक १० गते काठमाडौंमा जनप्रदर्शन र खबरदारी सभा गर्ने भएको छ । 
सरकारका गलतकमदको बिरोध र गर्नुपर्ने कामलागि ध्यानाकर्षण गराउन काठमाडौंको प्रदर्शनीमार्गमा कार्तिक १० गते खबरदारी सभा गर्ने निर्णय गरेको माओवादी केन्द्रले जनाएको छ ।
अध्यक्ष पुष्पकमलदाहाल ‘प्रचण्ड’ले आज पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टीको बागमती र विशेष प्रदेश समन्वय समिति तथा जनवर्गीय संगठनका इञ्चार्ज तथाअध्यक्षहरुको संयुक्त बैठकलाई सम्बोधनगर्दै पार्टी केन्द्रीय कार्यालयको बैठकले खबरदारी सभा गर्ने निर्णय गरेको जानकारी गराए । 
उनले खबरदारीसभाको तयारीमा जुट्न सबै कमिटीहरुलाई निर्देशनसमेत दिएका छन् । 
माओवादी केन्द्रले विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहिनताका कारण बेपत्ताहरुको खोजी, राहतवितरण, घाइतेहरुको उपचार, अस्थायी आवास निर्माण लगायत पुनर्निर्माण र पुनर्स्थापनाको क्षेत्रमा देखिएका समस्या समाधान गर्न, आफ्नो पार्टी नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउनभइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्यगतिबिधिलाई निष्तेज पार्न खबरदारीसभा गर्ने जनाएको छ ।
जनप्रदर्शन र खबरदारीसभाकाथप एजेन्डा तय गर्न पेरिसडाडामा बैठक जारी छ।
 

प्रतिकृया दिनुहोस