आज : Tuesday, October 22, 2024 | २०८१ कार्तिक ६ मंगलबार

नेपालले माल्दिप्सलाई फराकिलो गोल अन्तरले हरायो 

समाज खबर संवाददाता |

काठमाण्डौं । साफ महिला च्याम्पियनसिप  अन्तर्गत समूहको दोस्रो खेलमा नेपालले माल्दिभ्समाथि फराकिलो जित निकालेको छ । 

दशरथ रंगशालामा आज भएको खेलमा माल्दिभ्समाथि ११–० को फराकिलो जितका साथ नेपाल  तालिकाको शीर्षस्थानमा पुगेको छ । पहिलो हाफमा ४ गोल गरेको नेपालले दोस्रो हाफमा ७ गोल थपेको थियो । नेपालको जितमा रेखा पौडेलले ५ गोल र प्रिती राईले ह्याट्रिक पूरा गर्दा सविता राना मगर, अमिशा कार्की र अनिता केसीले १–१ गोल गरे ।नेपालको २ खेलमा ४ अंक छ । भुटानको समान ४ अंक भएपनि गोल अन्तरमा नेपाल अघि छ । श्रीलंकाको ३ अंक हुँदा माल्दिभ्सले खाता खोलेको छैन । अब अन्तिम खेलमा नेपालले बराबरी गरे मात्र पनि सेमिफाइनलमा प्रवेश गर्नेछ । समूह विजेता बन्न भने भुटानको नतिजा पर्खनुपर्नेछ ।

प्रतिकृया दिनुहोस