आज : Tuesday, October 22, 2024 | २०८१ कार्तिक ६ मंगलबार

सुनको मूल्यले बनायो आज पनि नयाँ रेकर्ड

समाज खबर संवाददाता |

काठमाडौँ । आज  पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । दसैँपछिको कारोबारमा सुनको मूल्य निरन्तर बढ्दै एकपछि अर्को नयाँ रेकर्ड बनिरहेको छ । सोहीअनुसार मंगलबार पनि सुनको  मूल्य ३०० रूपैयाँले बढेर प्रतितोला १ लाख ६५ हजार ९०० रुपैयाँ पुगेको छ ।

यस्तै, चाँदीको मूल्य पनि सोमबार तोलामा १ हजार ९५ रुपैयाँ कायम भएको चाँदी यस दिन बढेर २ हजार १०० रुपैयाँ पुगेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस