आज : Tuesday, October 22, 2024 | २०८१ कार्तिक ६ मंगलबार

प्रधानमन्त्रीले नै भ्रष्टाचारीका संरक्षक भए, अब आन्दोलन सुरु हुन्छ : प्रचण्ड

समाज खबर संवाददाता |

जुम्ला। नेकपामाओवादी केन्द्रकाअध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्त्रीले नै यो सरकार भ्रष्टाचारीको संरक्षक हो भन्ने पुष्टि गरेको बताएका छन् । 
प्रेस सेन्टर जुम्लाले सोमबार जुम्लाको सिंजा कनकासुन्दरीमा गरेको पत्रकार भेटघाटलाई सम्बोधनगर्दै उनले आफूले सरकार गठन भएदेखि नै यो सरकार भ्रष्टाचारीलाई बचाउन बनेको हो भन्दै आएको र अहिले त्यो आरोप प्रधानमन्त्री स्वयंले पुष्टि गरेको बताएकाहुन् ।
‘मैले उतिबेला नै भनेको थिएँ,सरकार भ्रष्टाचारीलाई बचाउन बनेको हो, भ्रष्टाचारलाई प्रोत्साहन गर्न बनेको हो । सरकार गठनको तीनमहिनापुग्दैछ, तपाइँहरुले सबै देखिरहनुभएको छ’– अध्यक्ष प्रचण्डले भने, ‘मेरो नेतृत्वको सरकारले जसलाई राज्यको जमीन जबरजस्ती व्यक्तिमा नाममा लैजाने जस्तो ठगी गरेको कारण गिरफ्तार गरेको थियो र अदालतमा मुद्दा पनिचलिहरेको छ ।तिनै व्यवसायीबाट जग्गादान लिने जस्तो कार्य गरेर प्रधानमन्त्री आफैंले सरकार भ्रष्टाचारीको संरक्षक हो भन्ने पुष्टि गरेका छन् ।’
सरकारले गर्नुपर्नेकाम नगरेको र नगर्नुपर्ने काम गरिरहेको उल्लेख गर्दै उनले अब सरकार गठन भएको सय दिन पूरा भएपछि बिरोधकाकार्यक्रम सुरु गर्ने जानकारी पनिदिए ।
उनले भने, ‘सरकारले जतिसुकै नराम्रो काम गरे पनि हामीले हनिमुन  पिरियड मानिने सयदिनसम्म प्रतिनिधिसभाबाट खबरदारी वक्तव्य दिनेबाहेक अन्यविरोधका कार्यक्रम गरेका छैनौं । आजमात्रै हामीबिपक्षदलहरुको तर्फबाट सरकारलाई ज्ञापनपत्र दिंदैछौं र सय दिनपुगेपछि विरोधकाकार्यक्रम सुरु हुन्छन् ।’
पूर्वप्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वको सरकारले देशभित्र भ्रष्टाचारका विरुद्ध, सुशासन, सामाजिकन्याय र आर्थिक समृद्धिका पक्षमातथा अन्तर्राष्ट्रियरुपमा नेपालमा प्रतिष्ठा अभिवृद्धि गर्न पहलकदी लिइरहेको बेला संसदकापहिलो र दोस्रो दलले अस्वभाविक र अप्राकृतिक रुपमाआफूलाई हटाएको बताए । 

प्रतिकृया दिनुहोस