आज : Tuesday, October 22, 2024 | २०८१ कार्तिक ६ मंगलबार

रवि पक्राउको बिरोधमा आज पनि पोखरामा प्रदर्शन 

समाज खबर संवाददाता |

 पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एव पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउको बिरोधमा आज पनि पोखरा लगायत देशका बिभिन्न भागमा प्रर्दशन भएको छ । 
 आज रवि समर्थकले पोखरा पृथ्वीचोकमा प्रदर्शन गरेका हुन् । उनीहरुले सरकार बिरुद्ध कडा नारावाजी गरेका थिए । 
 सहकारी ठगीका नाममा सरकारले राजनीतिक प्रतिशोध साँधेको उनीहरुको आरोप छ । 
गत शुक्रवार काठमाण्डौं पक्राउ गरि पोखरा लगिएको रविलाई हिजो मात्र अदालतले ६ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । रवि लामिछाने अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । 

प्रतिकृया दिनुहोस