आज : Tuesday, October 22, 2024 | २०८१ कार्तिक ६ मंगलबार

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

समाज खबर संवाददाता |

काठमाडौं । आज (सोमबार) नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।  सोमबार एकै दिन प्रतितोला ६ सय रुपैयाँ मूल्य बढेपछि नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६५ हजार ६ सय रुपैयाँ तोकेको छ । यसअघि आइतबार १ लाख ६५ हजार रूपैयाँ कायम भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि २० रूपैयाँले बढेको छ । आइतबार तोलामा २ हजार ७५ रूपैयाँमा कारोवार भएको चाँदी आज २० रूपैयाँले  बढेर २ हजार  ९५ रूपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिकृया दिनुहोस