आज : Tuesday, October 22, 2024 | २०८१ कार्तिक ६ मंगलबार

अमेरिकासंगको टी ट्वान्टी सिरिज नेपालले गर्यो क्लिन स्वीप 

समाज खबर संवाददाता |

काठमाण्डौं । अमेरिकासंगको तीन टी ट्वान्टी सिरिज नेपालले क्लिन स्विप गरेको छ । 
 आज भएको तेस्रो तथा अन्तिम खेल नेपालले ८ विकेटले हात पार्दे सिरिज क्लिन स्वीप गरेको हो ।  टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५ विकटे गुमाएर निर्धारित २० ओभरमा १ सय ५६ रन बनाएको थियो । १ सय  ५७ रनको लक्ष्य पछ्याएको नेपालले आठ बल बाँकी छँदै भेट्टाएको थियो । नेपालका आशिफ शेखले अर्धशतयिक पारी खेलका थिए ।उनी ५० रनमा आउट भएका थिए ।  कुशल मल्ल्ले ४४ र कुशल भुर्तेलले ४० रन बनाएर नेपालको जित सुनिश्चित गरेका थिए । ओपनर अनिल साह १३ रनमा आउट भएका थिए । अमेरिकालाई ठूलो स्कोर बनाउन नदिन सोमपाल कामीले ३ विकेट लिएका थिए । यस्तै रिजन ढकाल र ललित राजवंशीले १-१ विकेट लिए ।यस अघिको पहिलो खेल १७ रनले र दोस्रो खेल सुपर ओभरमा नेपालले जितेको थियो । यो सिरिजपछि नेपाल, अमेरिका र स्कटल्यान्डबीच आइसिसी विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय त्रिकोणात्मक सिरिज हुनेछ।

Image

प्रतिकृया दिनुहोस