आज : Tuesday, October 22, 2024 | २०८१ कार्तिक ६ मंगलबार

रविमाथि अनुसन्धान गर्न प्रहरीलाई ६ दिनको अनुमति

समाज खबर संवाददाता |

काठमाडौं । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथिको अनुसन्धान गर्न प्रहरीले ६ दिनको म्याद पाएको छ । 
अनुसन्धान गर्न म्याद थपका लागि लामिछानेलाई आइतबार जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासमा पेस गरिएको थियो ।उनको इजलासले ६ दिन हिरासतमा राख्न अनुमति दिएको हो । 
जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायायधिवक्ता शान्तिदेवी शर्मा र विपिनराज तिवारी र पीडितको तर्फबाट वेदबहादुर विष्टले बहस गर्दै अनुसन्धानका लागि ६ दिनको म्याद थप गर्न माग गरेका थिए । 
लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ताहरु सुशील पन्त र नारायण घिमिरेले बहस गरेका थिए ।

प्रतिकृया दिनुहोस