आज : Tuesday, October 22, 2024 | २०८१ कार्तिक ६ मंगलबार

रोमान्चक सुपर ओभरमा नेपालले अमेरिकालाई हरायो 

समाज खबर संवाददाता |

काठमाडौं । नेपालले अमेरिकासँगको दोस्रो टी-२० खेल रोमान्चक ढंगले सुपर ओभरबाट जितेको छ । सुपर ओभरमा नेपाली बलर सोमपाल कामी नायक बन्दा अमेरिकालाई नेपालले जित निकालेको हो । सुपर ओभरमा कामीले लगातार २ विकेट लिएका थिए । अमेरिक २ रनमा रोकिएको थियो । 
नेपालले दिएको १७१ रनको लक्ष्य पछाएको अमेरिकाले २० ओभरमा ८ विकेट गुमाउदै १७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । 

सुपर ओभरमा अमेरिकाले दिएको ३ रनको लक्ष्य पछाएको नेपालले ४ बलमा नै पुरा गर्दै जित हासिल गरेको थियो ।

यस अघि २० ओभरको खेलमा सोमपालले खेलको अन्तिम ओभरमा ७ रनलाई डिफेन्ड गर्दै खेललाई सुपर ओभरमा पुर्याएका थिए ।  

यस अघि टस जितेर पहिला ब्याटिंग गर्दै नेपालले ६ विकेट गुमाउदै १सय ७० रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले आक्रामक ब्याटिंग गर्दै ५४ बलमा अविजित ९२ रन बनाएका थिए । त्यस्तै अनिल शाहले २५, गुलशन झाले १९, कप्तान रोहित पौडेलले १८ रन बनाएका थिए । 

त्यस्तै अमेरिकाका बलर जसदीप सिंह र नोस्थस केन्जीगेले २–२ विकेट लिनुभएको थियो भने सौरभ नेत्राभलकरले एक विकेट लिएका थिए ।

नेपालको यो जितपछि ३ खेलको सिरिज २–० ले जितेको छ र सिरिजमा कब्जा गरेको छ । अब सिरिजको अन्तिम खेल भोलि बिहान हुने छ ।

प्रतिकृया दिनुहोस