आज : Tuesday, October 22, 2024 | २०८१ कार्तिक ६ मंगलबार

मुगु साक्षर जिल्ला घोषणा,अझै १२ जिल्ला घोषणा हुनै बाँकी 

समाज खबर संवाददाता |

मुगु । हिमाली जिल्ला मुगुलाई साक्षर जिल्ला घोषणा गरिएको छ  ।सोमबार एक कार्यक्रम गर्दै जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको हो ।
जिल्लामा रहेका चारवटा स्थानीय सरकारहरुले साक्षर पालिका घोषणा गरेपछि मुगुलाई साक्षर जिल्ला घोषणा गरिएको हो ।
जिल्ला समन्वय समितिका प्रमुख मन्जन बहादुर कार्कीको अध्यक्षतामा भएको साक्षर जिल्ला घोषणा कार्यक्रममा प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीसहित सरोकारवालाहरुले सामुहिक रुपमा घोषणा पत्रमा हस्ताक्षर गरेका थिए।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ मुगुका अध्यक्ष नृपेन्द्र बहादुर मल्लले साक्षर जिल्ला घोषणा गरिएपनि स्थानीय सरकारहरुले १२ सूचकहरु मध्य ६ सुचक पूरा गरेका छन् बाँकी रहेका ६ वटा सूचकपनि पूरा गर्न आफ्ना आगामी कार्यक्रम,योजना बनाउदा ध्यानदिन सुझाव दिएका छन् ।
नागरिक अगुवा रुपबहादुर मल्लले साक्षर घोषणामा मात्र सिमित नराखेर अबदेखि आफ्नाव्यवहार,आचरण र कृयाकलापमा पनि साक्षरताको रुप देखाउनुपर्ने बताए । 
मुगु जिल्ला साक्षर जिल्ला घोषणा भएसँगै देशका ६५ जिल्ला साक्षर जिल्ला घोषणा भएका छन भने अझै १२ जिल्ला साक्षर जिल्ला घोषणा हुनबाँकी छन् । 

प्रतिकृया दिनुहोस