आज : Sunday, September 08, 2024 | २०८१ भदौ २३ आइतबार

तीजगीत प्रतियोगितामा सक्षम अभियान र डोरितानमा जनकल्याण आमा समूह प्रथम

समाज खबर संवाददाता |

पोखरा । नेपाल खेलकुद महासंघ जिल्ला कमिटी कास्कीको आयोजनामा नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजको अबसर पारेर पोखराको पोखरा ९ , नयाँबजारमा रहेको तमु धीमा आयोजना गरिएको तेस्रो तीज गीत  प्रतियोगितामा सक्षम अभियान समुह पहिलो हुन सफल भएको छ।
१५ टिम सहभागि भएको प्रतियोगितामा पहिलो भएको टिमले १५ हजार र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै दोस्रो अमरसिहं दृष्टिविहिन दिदिबहिनी समुह भएको छ । उसले १० हजार र प्रमाणपत्र प्राप्त गर्यो तेस्रो हुदै सफल उधमशिल महिला समुहले ७ हजार प्राप्त गर्दा, नबदुर्गाटोल दिदिबहिनी समुहले उत्कृष्ट नृत्य प्रस्तुत गर्दै ३ हजार प्राप्त गरेको हो ।

तीज गीत कार्यक्रम तर्फ निर्णायकहरुमा शङ्कर बिरहि गुरूङ, नबराज अधिकारी,शान्ता बर्देवा रहनुभएको कार्यक्रम संयोजक देविका गिरीले बताउनुभयो । कार्यक्रमको सञ्चालन परशुराम   अधिकारीले गर्नुभएको थियो । त्यस्तै कार्यक्रमा लोकदोहोरी गाएक जीवन दाहाल बिशेष प्रस्तुती प्रस्तुत गरेका थिए।

यस्तै ११ टिम बिच प्रतिस्पर्धा भएको डोरी तान प्रतियोगितामा जनकल्याण आमा पोखरा पहिलो, जनकल्याण आमा समूह दोस्रो र प्रगतिशिल महिला समुह पोखरा तेस्रो भए । उनिहरुले क्रमस ११ हजार १ सय ११, सात हजार ७ सय ७७ पाचँ हजार ५ सय ५५ रुपैया मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गरको कार्यक्रम संयोजक कृष्ण पुनले बताउए ।

कार्यक्रमा गण्डकी प्रदेशसभा सदश्य एब्म पुर्व मुख्यमन्त्री खगराज अधिकारी, महासंघ केन्द्रीय सचिव बिष्णु पुन,प्रभुनारायण सिवाकोटी, लगाएत केन्द्र ,प्रदेश,जिल्ला र पालिका तहका महासंघमा आबद्धहरुको सहभागिता रहेको थियो । नेपाल खेलकुद महासंघ कास्कीका अध्यक्ष ईश्वर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत शिवराज सुबेदी र सञ्चालन अनिता राईले गरेका थिए ।

 

प्रतिकृया दिनुहोस