आज : Sunday, September 08, 2024 | २०८१ भदौ २३ आइतबार

सुनको मुल्यमा नयाँ रेकर्डः तोलाको एक लाख ५२ हजार ६०० रुपैयाँमा कारोबार

समाज खबर संवाददाता |


काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन एक लाख ५२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । 
यसअघि गत साउन २९ गते नयाँ रेकर्ड बनाएको थियो । उक्तदिन सुनको मूल्यतोलामा एक लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
गत शुक्रबार एक लाख४९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबारको तुलनामाआजतीनहजार रुपैयाँले मूल्य बढेको छ ।
आज चाँदी एक हजार ७६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । गतशुक्रबार एक हजार ७४० रुपैयाँमा कारोबार भएको थियो । 

प्रतिकृया दिनुहोस