आज : Saturday, October 05, 2024 | २०८१ असोज १९ शनिबार

जनता समाजवादीले पनि लियो समर्थन फिर्ता, मन्त्रीले दिए राजीनामा

समाज खबर संवाददाता |

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टीको निर्णयअनुसार शुक्रबार सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको अध्यक्ष एवं संसदीय दलका नेता राईले जानकारी दिएका छन् ।

त्यस्तै जनता समाजवादी पार्टीबाट सरकारमा सहभागी स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादव, वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडी र स्वास्थ्य राज्यमन्त्री हसिना खातुनले प्रधानमन्त्रीलााई राजीनामा बुझाएका हुन् ।

राई नेतृत्वको पार्टीले पनि कांग्रेस–एमालेको गठबन्धनमा सहभागी हुने बताइसकेको छ।

प्रतिकृया दिनुहोस