आज : Saturday, April 27, 2024 | २०८१ बैशाख १५ शनिबार

दीपक–दीपाश्रीले ल्याए सिनेमा हल सञ्चालनमा

समाज खबर संवाददाता |


काठमाडौं । कलाकार तथा निर्देशक दीपकराज गिरी, दीपाश्री निरौलालगायतले निर्माण गरेको आईएनआई सिनेमा हल आजदेखि सञ्चालनमा ल्याइएको छ । 
काठमाडौंको नयाँ बानेश्वरमा शुक्रबार कार्यक्रम आयोजना गरी हल सञ्चालनमा ल्याइएको जानकारी दिइएको हो । 
कार्यक्रममा दीपकराज गिरीले निर्माता र प्रदर्शकमा फरक भएको बताए । 
उनले भने,‘यो निकै गाह्रो कुरा हो । सिनेमा निर्माण र प्रदर्शनको व्यापार एउटै भए पनि गर्न कठिन छ । निर्माता र प्रदर्शक फरक कुरा हो ।’
कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले एकजना कलाकारले मिहिनेत गर्यो भने सिनेमा हलको मालिक पनि हुन सक्ने रहेछ भन्ने सन्देश प्रवाह भएको बताए । 
उनले भने, ‘यो सबै चलचित्रमकीहरुको लागि एकदम राम्रो सन्देश हो र व्यवसायीहरुका लागि पनि राम्रो सन्देश हो । आउने दिनमा चलचित्र क्षेत्रमा आएको आर्थिक समस्या विस्तारै सुध्रिएर जानेछ ।’
पछिल्लो समय नेपाली रजतपटमा सफल जोडीका रूपमा रहेको दीपक र दीपाश्री एवं उनीहरुको समूहले सिनेमा हल निर्माण गरेर सञ्चालनमा ल्यााएका हुन् ।
दुईवटा स्क्रिन रहने सिनेमा हलमा चारसय सिट छन् । निर्माण लागत करिब १० करोड रहेको दीपकले बताए । सिनेमा हलमा दीपकसँगै दीपाश्री, निर्मल शर्मालगायत ‘छक्का पञ्जा’ टिम र सञ्चारकर्मी प्रभात रिमालको कम्पनीको लगानी छ ।


 

प्रतिकृया दिनुहोस