आज : Saturday, April 27, 2024 | २०८१ बैशाख १५ शनिबार

प्रयास गर्नस् एउटा क्लिकले तपाईको जीवन परिवर्तन गर्न सक्छ : मिस युनिभर्स भुजेल

समाज खबर संवाददाता |


काठमाडौं । मिस युनिभर्स नेपाल–२०२२ को उपाधि जितेकी सोफिया भुजेलले आफ्नो लागि मिस युनिभर्स नेपाल ‘रोलर कोष्टर राइड’ जस्तो भएको बताएकी छन् । 
विहीबार पर्यटन बोर्डले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफुले मानिसको जीवनलाई परिवर्तन गर्न सक्छु भन्ने उत्साह बोकेको बताइन । उनले प्रयासले नै भिजन परिवर्तन हुने पनि बताइन । 
‘मिस युनिभर्स नेपाल’ मेरो लागि एउटा रोलर कोष्टर राइड जस्तो हो, जसले मलाई यसको प्रभाव कति गहिरो छ भन्ने कुरा पनि बुझाएको छ । म के भन्न चाहन्छु भने प्रयास गर्नुस तपाईको एउटा क्लिकले तपाईको जीवन परिवर्तन गर्न सक्छ । 
उनले २० जना प्रतिष्पर्धीलाई पछि पार्दै सोफियाले ’मिस युनिभर्स नेपाल’को उपाधि जितेकीहुन् ।
सोफियाले उपाधिसँगै १० लाख रुपैयाँ र इलेक्ट्रोनिक स्कुटी पनिप्राप्त गरेकी छिन् । साथै, ‘मिस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्ने छिन् । 
विश्वको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता, सम्मानित मिस युनिभर्स फ्रेन्चाइजीअन्तर्गत स्वतन्त्र राष्ट्रिय प्रतियोगिताको चौथो संस्करण हो ।
 

प्रतिकृया दिनुहोस