आज : Saturday, June 07, 2025 | २०८२ जेठ २४ शनिबार

माधव नेपाललाई करोडौंको भ्रष्टाचार मुद्वा, सांसद पद निलम्बन

समाज खबर संवाददाता |

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । पूर्वप्रधानमन्त्री नेपालविरुद्ध १८ करोड ५८ लाख रुपैयाँ बिगो दाबी गरिएको छ ।काभ्रेपलाञ्चोकमा पतञ्जलीलाई जग्गा हदबन्दी छुट दिँदा १८ करोड ५८ लाख रुपैयाँ भ्रष्टाचार गरिएको दाबीसहित अख्तियारले मुद्दा दायर गरेको हो ।पूर्व प्रधानमन्त्रीलाई भ्रष्टाचार मुद्वा लागेको यो पहिलो पटक हो । मुद्वा दायर भएसंगै नेपालको सांसद पद स्वत निलम्बनमा परेको छ । 

 

प्रतिकृया दिनुहोस