कांग्रेस कोटाबाट डा बिश्व पौडेल बने गभर्नर
समाज खबर संवाददाता |

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा अर्थविद् डा. विश्व पौडेल नियुक्त भएका छन् । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गरेको हो ।पौडेल राष्ट्र बैंकका १८औँ गभर्नर बनेका छन् । यसअघि बसेको गभर्नर सिफारिस समितिको बैठकले पौडेलसहित राष्ट्र बैंककी कामुगभर्नर डा. नीलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो ।समितिको सिफारिसअनुसार मन्त्रिपरिषद्को बैठकले पौडेललाई गभर्नर नियुक्त गरेको हो । त्यसअघि नै प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच पौडेललाई गभर्नर बनाउने सहमति भइसकेको थियो ।कांग्रेस नेता पौडेल यस अघि राष्ट्रिय योजना आयोगको उपाध्यक्ष थिए । उनी चितवन क्षेत्र न १ बाट प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसका उम्मेदवार थिए ।
प्रतिकृया दिनुहोस